काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बोआओ फोरम अन्तर्गतको एसिया स्वास्थ्य फोरम २०२५ मा सम्बोधन गरेका छन् । फोरमको पूर्ण सत्रमा नवप्रवर्तनद्वारा सञ्चालित स्वास्थ्य उद्योगको नयाँ भविष्य विषयमा सम्बोधन गर्दै मन्त्री पौडेलले नेपालले डिजिटल स्वास्थ्यमा रूपान्तरण गर्ने रणनीति अन्तर्गत सक्रिय रूपमा काम गरिरहेको बताए ।
यसका माध्यमबाट नागरिकको स्वास्थ्य पहुँच वृद्धिसँगै गुणस्तरमा सुधार ल्याउन काम भइरहेको भन्दै उनले एसियाली देशहरूसँग सहकार्यका लागि तयार रहेको बताए । आधुनिक प्रविधिले लागत घटाउन, निदान, स्वास्थ्य प्रणाली व्यवस्थापन र जोखिम नक्साङ्कनमा शुद्धता सुधार गर्न सक्ने उल्लेख गर्दै मन्त्री पौडेलले स्वास्थ्यको पहुँच बाहिर रहेका नागरिकलाई ध्यानमा राखेर काम गरिरहेको बताए ।
मन्त्री पौडेलले फोरम अन्तर्गत जलवायु परिवर्तनले स्वास्थ्यमा पारेको प्रभावसम्बन्धी सत्रमा समेत सम्बोधन गर्दै जलवायु परिवर्तनको असरका कारण प्रभावित नागरिकको विषयलाई उजागर गर्न जलवायु परिवर्तन र स्वास्थ्यबारे सम्मेलन गर्न लागिएको घोषणा गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० साउन २०८२, १५ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकी फिर्तीपछि अर्बपति ब्लुमबर्गले संयुक्त राष्ट्र जलवायु निकाय कोष जुटाउने
‘खतरनाक नयाँ युग’ : जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो
‘पर्वतीय क्षेत्रलाई जलवायु संकटबाट जोगाउन सहकार्य गर्नुपर्नेमा जोड’
जलवायु परिवर्तनको कहर: सगरमाथा क्षेत्रका महिलाको स्वास्थ्यमा सङ्कट