काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टोली लुम्बिनी लायन्स, चितवन राइनोज र काठमाडौं गोर्खाजले नयाँ लोगो सार्वजनिक गरेका छन् । तीन वटै टोलीले पहिलो संस्करणको लोगोमा केही परिमार्जन गर्दै नयाँ लोगो सार्वजनिक गरेका हुन् ।
लोगोले लुम्बिनीको इतिहाससँगै राष्ट्रिय गौरवलाई प्रतिनिधित्व गरेको टोलीका अध्यक्ष ईश्वरबहादुर जिसी जानकारी दिए । नयाँ लोगोमा बुद्धको जन्मस्थल मायादेवी मन्दिर र अशोक स्तम्भ अंकित छ ।
नेपालको राष्ट्रिय झन्डाको रातो रङ, चन्द्र र सूर्यको प्रतीकजस्ता नेपाली पहिचान झल्काउने तत्व समावेश गरिएको जिसीले बताए । लुम्बिनीले कप्तान रोहितकुमार पौडेलसहित विवेक यादव, सन्दीप जोरा, दिनेश अधिकारी, तिलकराज भण्डारी र अभिषेष गौतमलाई रिटेन गरेको छ ।
चितवन राइनोजले चितवन राष्ट्रिय निकुञ्जमा पाइने एक सिङ्गे गैँडा र जैविक विविधतालाई लोगोमा झल्काउन खोजेको छ । लोगोले चितवनको हृदयको प्रतिनिधित्व गर्ने र चितवनको समृद्धि र वैभव झल्काउने राजसी गैँडा र जैविक विविधतालाई प्राथमिकतमा राखिएको चितवन राइनोजले जनाएको छ । चितवनले मार्की खेलाडी तथा कप्तान कुशल मल्ल, रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहरा, अमरसिंह रौटेला र गौतम केसीलाई रिटेन गरेको छ ।
नयाँ लोगोले काठमाडौंको संस्कृतिको प्रतिनिधित्व गर्नेछ । राजधानीको टोली भएकाले काठमाडौं, ललितपुर, भक्तपुर र नुवाकोटको सेरोफेरोमा रहेको र टोलीको क्रिकेट गतिविधि यही चार जिल्लालाई केन्द्रित गरेर हुने गोर्खाजले जनाउको छ । यसअघि पहिलो संस्करणमा काठमान्डु गुर्खाज रहेकोमा अहिले परिवर्तन गरी काठमाडौं गोर्खाज बनाएको छ ।
काठमाडौंले नेपाली राष्ट्रिय टोलीको प्रशिक्षण गराइसकेका मोन्टी देसाईलाई मुख्य प्रशिक्षकमा नियुक्ति गरिसकेको छ । काठमाडौंले एनपिएलको पहिलो सिजनबाट मार्की खेलाडी करण केसीसहित भीम सार्की, शाहव आलम, रशिद खान, दीपेश कँडेल र प्रतिक श्रेष्ठलाई ’रिटेन’ गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ साउन २०८२, १५ : १४
लेखकबाट थप