काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशका विभिन्न स्थानहरूमा सम्भावित भारी वर्षाको जोखिमलाई मध्यनजर गर्दै नागरिकलाई सतर्क रहन आग्रह गरेका छन्। आज बिहान आफ्नो फेसबुकमार्फत मौसम विज्ञान विभागको पूर्वानुमानलाई उद्धृत गर्दै प्रधानमन्त्री ओलीले सावधानी अपनाउन आग्रह गरेका हुन्।
प्रधानमन्त्रीले लेखेका छन्, “शुभ बिहानी ! मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानहरूमा भारी वर्षा हुने अनुमान गरेको छ। मौसमजन्य विपद्बाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना गरौं। अत्यावश्यक बाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु। सुरक्षाकर्मीहरुलाई आवश्यक सुरक्षाको तयारी अवस्थामा रहन निर्देशन गर्दछु।”
प्रधानमन्त्रीको यो सन्देशसँगै मौसम विज्ञान विभागले पनि आज साउन ४ गते देशका विभिन्न भागहरूमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै सतर्क रहन अनुरोध गरेको छ। विभागका अनुसार सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका थुप्रै स्थानहरूमा मेघगर्जन, चट्याङसहित ठूलो वर्षाको सम्भावना रहेको छ।
कतिपय क्षेत्रमा बाढी, डुबान तथा पहिरोको जोखिम पनि रहेको विभागले जनाएको छ। त्यसैले स्थानीयवासीहरूलाई सतर्कता अपनाउन, आवश्यक परे सुरक्षित स्थानमा बस्न, तथा जोखिमयुक्त क्षेत्रमा नजान अनुरोध गरिएको छ।
प्रधानमन्त्रीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिँदै, विपद् व्यवस्थापनमा सक्रिय हुनसमेत भनेका छन्। हाल देशका विभिन्न स्थानहरूमा लगातार वर्षा भइरहेको सन्दर्भमा सरकार, सुरक्षानिकाय, स्थानीय प्रशासन तथा सम्बन्धित निकायहरूलाई थप सतर्कता अपनाउन भनिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ साउन २०८२, ११ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली भ्रमण सम्पन्न गरी स्वदेश प्रस्थान
प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी
प्रधानमन्त्री ओली र उपराष्ट्रपति हानबीच भेटवार्ता
बेइजिङ पुगे प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीबाट शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन
प्रधानमन्त्री ओली र कम्बोडियाका प्रधानमन्त्री महानेटबीच भेटवार्ता