साफ यु–२० महिला च्याम्पियनसिप : नेपालले आज भुटानसँग खेल्ने

सफल खबर संवाददाता

शनिबार, ०३ साउन २०८२, ०८ : ५१
साफ यु–२० महिला च्याम्पियनसिप : नेपालले आज भुटानसँग खेल्ने

काठमाडौं । २० वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आफ्नो पाँचौँ खेलमा नेपालले आज (शनिबार) भुटानसँग खेल्दैछ ।

बंगलादेशको ढाकास्थित बसुन्धरा खेल मैदानमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुने खेलमा नेपाल चौथो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिँदै  ।

प्रतियोगितामा भुटानसँग नेपालको यो दोस्रो भेट हो । यसअघि असार २७ गते शुक्रबार भएको खेलमा भुटान नेपालसँग ६–१ गोलले पराजित भएको थियो ।

यस्तै, नेपालले श्रीलंकालाई दुई खेलमा हराएको छ भने बंगलादेशसँग पराजित भएको थियो ।

नेपाल, भुटान, बंगलादेश र श्रीलङ्का गरी चार टोली सहभागी प्रतियोगिता डबल राउण्ड रोबिन पद्धतिमा भइरहेको छ ।

जारी प्रतियोगितामा बंगलादेश १२ अंकसहित शीर्षस्थानमा रहँदा नेपाल ९ अंकसहित दोस्रो स्थानमा छ । यस्तै ३ अंक भएको भुटान तेस्रो स्थानमा छ ।

अब नेपालले आफ्नो अन्तिम खेल सोमबार बंगलादेशसँग खेल्ने छ । 

प्रतिक्रिया दिनुहोस