सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुस रकमसहित पक्राउ

सफल खबर संवाददाता

बुधबार, ३२ असार २०८२, १५ : ११
सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुस रकमसहित पक्राउ

जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको कल्याणपुर नगरपालिकाका मेयरलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । बर्दिबासस्थित आयोगको टोलीले कल्याणपुर नगरपालिकाका रामपुकार साहलाई बुधबार नियन्त्रणमा लिएको हो । 

उनलाई एक लाख घुस रकमसहित रंगेहात पक्राउ गरिएको सिरहा प्रहरीले पुष्टि गरेको छ । प्रहरीका अनुसार एक उपभोक्ता समितिबाट एक लाख रकम घुस लिइरहेको बेला अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

 

प्रतिक्रिया दिनुहोस