एनपिएल टोली काठमाडौँ गोर्खाजको प्रशिक्षकमा मोन्टी देसाई नियुक्त

सफल खबर संवाददाता

विहीबार, २६ असार २०८२, १९ : ३२
एनपिएल टोली काठमाडौँ गोर्खाजको प्रशिक्षकमा मोन्टी देसाई नियुक्त

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि काठमाडौँ गोर्खाजले मोन्टी देसाईलाई प्रशिक्षक नियुक्त गरेको छ। 

अघिल्लो सिजन वसन्त शाहीलाई प्रशिक्षक बनाएको गोर्खाजले नयाँ सिजनका लागि नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक देसाईलाई भित्र्याएको हो। 

यसअघि देसाईले दुई वर्ष नेपाली टोलीको प्रशिक्षक भएर काम गरेका थिए। गत फागुनमा भने उनको सम्झौता क्यानले नवीकरण गरेको थिएन। 

दोस्रो सिजनको एनपिएल नोभेम्बरमा हुँदैछ। त्यसअघि अगस्टमा मिनि अक्सन हुने तालिका छ।

प्रतिक्रिया दिनुहोस