काठमाडौँ गोर्खाजका मुख्य प्रशिक्षक मोन्टी देसाई नेपाल आइपुगे

सफल खबर संवाददाता

विहीबार, २२ साउन २०८२, १६ : २४
काठमाडौँ गोर्खाजका मुख्य प्रशिक्षक मोन्टी देसाई नेपाल आइपुगे

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टिम काठमाडौँ गोर्खाजका मुख्य प्रशिक्षक मोन्टी देसाई नेपाल आइपुगेका छन् ।

एनपीएलका लागि प्रशिक्षक मोन्टी बिहीबार नेपाल आइपुगेका हुन् । दोस्रो सस्करणको एनपिएलको अक्सन आउँदो शनिबार हुँदैछ । अक्सन र टीमको अन्य तयारीका लागि मोन्टी नेपाल आएका हुन् ।

मोन्टीले सन् २०२३ देखि २०२५ सम्म नेपाली राष्ट्रिय पुरुष टोलीको क्रिकेट टीमका पूर्व प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । उनले प्रशिक्षणमा नेपालले दोस्रो पटक टी-२० विश्वकप खेलेको थियो ।

करण केसी मार्की प्लेयर रहेको काठमाडौँले दोस्रो संस्करणमा भीम सार्की, शाहब अलाम, दिपेश कँडेल, रशिद खान र प्रतीक श्रेष्ठलाई रिटेन गरेको छ ।

प्रतिक्रिया दिनुहोस