चिकित्सक आन्दोलनबारे तीन मन्त्रीबीच छलफल जारी

सफल खबर संवाददाता

मंगलबार, २४ असार २०८२, १५ : ०५
चिकित्सक आन्दोलनबारे तीन मन्त्रीबीच छलफल जारी

काठमाडौँ। नेपाल चिकित्सक संघले उठाएका मुद्दा सम्बोधन गर्नका लागि स्वास्थ्य, कानुन र उद्योग मन्त्री छलफलमा जुटेका छन् । मंगलबार स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य मन्त्री प्रदीप पौडेल, कानुनमन्त्री अजय चौरसिया र उद्योग मन्त्री दामोदर भण्डारीबीच छलफल चलिरहेको हो ।

उपभोक्ता अदालतको फैसलामा असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका चिकित्सकले आज पनि आकस्मिक र सघन उपचार बाहेकका सेवा बन्द गरेका छन् । डा. कार्कीका अनुसार चिकित्सकको प्रमाणपत्र इमेलमार्फत संकलन भइरहेको छ । मंगलबार बेलुका नै मेडिकल काउन्सिललाई लाइसेन्स बुझाउने तयारी छ ।

चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्कीले चिकित्सकहरूको प्रमाणपत्र इमेलमार्फत संकलन भइरहेको र मंगलबार बेलुकासम्म मेडिकल काउन्सिललाई लाइसेन्स बुझाउने तयारी भइरहेको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस