ने.वि.संघ अधिवेशन पक्षधरको प्रदर्शन

सफल खबर संवाददाता

सोमबार, १६ असार २०८२, १३ : २६
ने.वि.संघ अधिवेशन पक्षधरको प्रदर्शन

काठमाडौं । नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (ने.वि.संघ) को अधिवेशन पक्षधरहरुले प्रदर्शन गरेका छन् । 

सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा उनीहरुले समयमै पार्टीको अधिवेशन हुनुपर्ने माग राखेर प्रदर्शन गेका हुन् । प्रदर्शनमा सहभागी विद्यार्थी नेताहरुले म म्यादि नेविसंघ, मेरो अधिवेशन कहिले ? म मेरो पार्टीले वन्धक बनएको नेविसंघ, म ९ वर्षसम्म अधिवेशन नगराउने लोकतान्त्रिक पार्टीको नेविसंघ जस्ता प्लेकार्ड बोकेर प्रर्दशन गरेका हुन् । उनीहरुले कालो कपडाले शरीर र मुख छोपेर विरोध जनाएका छन् ।

मातृ पार्टीले दिएको जिम्मेवारी पूरा गर्न नसक्ने वर्तमान नेविसंघ नेतृत्वलाई पदमुक्त गरी विधान बमोजिम नयाँ कार्यसमिति गठन गर्न माग गरेका छन् । सभापति र पार्टीका पदाधिकारीहरुलाई नर्सरी मासेर बगैँचा बनाउँछौँ भन्ने खोक्रो भाषण नदिन आग्रह गर्दै र अधिवेशन हुने कुनै आधार बिना म्यादथप किन गर्ने भन्दै प्रश्न गरेका छन् । 

प्रतिक्रिया दिनुहोस