चितवन । चितवन राष्ट्रिय निकुञ्जले जीप सफारी बन्द गरेको छ । निकुञ्जले सूचना जारी गर्दै वन्यजन्तु तथा चराचुरुङ्गीको प्रजननको समय भएकोले सोमबारदेखि लागू हुनेगरी जंगल ड्राइभ बन्द गरेको बताएको छ ।
वर्षाको समय जंगली जनावरको लागि प्रजननको समय मानिन्छ । मानिसहरू यस समयमा जाँदा जंगली जनावरको बासस्थान तथा प्रजननमा पनि दख्खल पर्न सक्ने भन्दै निकुञ्जले जीप सफारी बन्द गरेको जनाएको छ ।
निकुञ्ज प्रशासनले जारी गरेको सूचना अनुसार वर्षायामको समयमा निकुञ्जको बाटोहरू पनि बिग्रिने बाढी आउने हुँदा पर्यटकहरूको सुरक्षाको समेत मध्यनजर गरिएको हो । निकुञ्ज प्रशासनले हरेक वर्ष बाढीको समयमा व्यवसायीक जीप सफारी बन्द गर्ने गरेको छ ।
निकुञ्जले कहिलेदेखि जीप सफारी सञ्चालनमा आउँछ भन्ने यकिन जानकारी दिएको छैन । जारी गरेको सूचना अनुसार निकुञ्जमा जीप सफारी खुल्ने जानकारी अर्को सूचना निकालेर दिइनेछ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १५ असार २०८२, १५ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनका दुई हात्ती कतार पठाइँदै
वर्षे सुरक्षामा जुट्यो चितवन राष्ट्रिय निकुञ्ज
पाँच महिनामा चार हात्तीले जन्माए छावा
जंगली हात्तीको आक्रमणबाट निकुञ्ज सुरक्षामा खटिएका सैनिक घाइते
चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्रमा ३३ वर्षमा ६८ छावा जन्मिए
निकुञ्जसम्बन्धी कसुरमा ४४२ जना पक्राउ