चितवन। चितवन राष्ट्रिय निकुञ्ज आडको मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका ५२ वर्षीय सनिश्चरा दराईको बिहीबार बिहान गैंडाले आक्रमण गर्दा ज्यान गएको छ ।
निकुञ्ज कार्यालयका सूचना अधिकारी रहेका संरक्षण अधिकृत अविनाश थापा मगरका उनी राप्ती नगरपालिका–६ स्याउली टोलका हुन् ।राप्ती एकता मध्यवर्ती सामुदायिक वनको भसामाडी तल्लो ताल क्षेत्रमा घाँस काट्न गएका बेला सनिश्चरालाई गैंडाले आक्रमण गरेको चितवन निकुञ्जको खगेन्द्रमल्ली मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नवराज पाठकले बताए ।
उनको घटनास्थलमै ज्यान गएको हो । बिहान ६ बजेतिर उनलाई गैंडाले आक्रमण गरेको थियो । घटनास्थलमा हसियाँ, एउटा खाली बोरा र एक मुठा घाँस पनि रहेको उनले बताए । ‘बिहान घाँसको जोहो गर्न गएका बेलामा घटना भएको हो,’ अध्यक्ष पाठकले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ असार २०८२, १३ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वर्षे सुरक्षामा जुट्यो चितवन राष्ट्रिय निकुञ्ज
पाँच महिनामा चार हात्तीले जन्माए छावा
जंगली हात्तीको आक्रमणबाट निकुञ्ज सुरक्षामा खटिएका सैनिक घाइते
चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्रमा ३३ वर्षमा ६८ छावा जन्मिए
निकुञ्जसम्बन्धी कसुरमा ४४२ जना पक्राउ
चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द