दीपेन्द्र सिंह ऐरीले प्रहरीबाट दिए राजीनामा

सफल खबर संवाददाता

बुधबार, ११ असार २०८२, १६ : २३
दीपेन्द्र सिंह ऐरीले प्रहरीबाट दिए राजीनामा

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले प्रहरी सेवाबाट राजीनामा दिएका छन् । ऐरीले राजीनामा दिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले पुष्टि गरे । उनी प्रहरी सहायक हवल्दारको रुपमा कार्यरत थिए ।

उनले केही महिनाअघि बुझाएको राजीनामा केही दिनअघि स्वीकृत समेत भइसकेको प्रवक्ता घिमिरेले बताए । राजीनामा पत्रमा उनले घरायसी कारण देखाएको प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस