काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले उपलब्ध गराउने सेवा सुविधा लिन लामो समय लाइनमा बस्नुपर्ने कुराबाट जनता आजित बनेको बताएका छन् ।
सोमबार आयोजित एक कार्यक्रममा महामन्त्री थापाले राज्यले उपलब्ध गराउने सेवा प्राप्त गर्न ‘कि लाइनमा बस्नुपर्छ, कि मान्छे चिनेको हुनुपर्छ’ भन्ने कुराबाट जनता आजित बनेको बताए ।
उनले भने, ‘आम मान्छेलाई अहिले सरकारसँग सबैभन्दा झोक चल्ने कुरा भनेकै लाइन बस्ने कुरा छ । सरकारसँग जहाँ भेटभयो त्यहाँ रिस उठिहाल्छ । सरकार भनेको अलओभर राज्य हो । स्टेटसँग जहाँ भेट हुनुपर्यो त्यहाँनिर रिस उठ्छ भने यसको सोलुसन के हो त भन्दा सकेसम्म स्टेटसँग भेट हुन नपर्ने बनाउने हो । यदि भइहाल्यो भने पनि फिजिकल भेट हुन नपर्ने बनाउने हो । फिजिकल्ली भेट हुन नपर्ने बनाउन सायद त्यसले स्टेटसम्मको विश्वास बढाउँदै लैजानुपर्ला ।’
पोल्टिकल गर्ने व्यक्तिका लागि समेत प्रविधिको उच्चतम प्रयोग उपयोगी हुने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ असार २०८२, १३ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘क्रियाशील सदस्यता अद्यावधिक नगर्नेहरूलाई पार्टीका रूपमा चिन्दैन’: गगन थापा
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
रास्वपा महाधिवेशन सफलताको कामना गर्दै गगन थापाले दिए यस्तो शुभकामना
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा