काभ्रेपलाञ्चोक । काभ्रेको बनेपा नगरपालिका ७ मा गाडीले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेकै तेमाल गाउँपालिका १ घर भइ हाल बनेपा ७ मा डेरा गरि बस्ने बर्ष ४५ को ज्ञानध्वज तामाङ रहेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
प्रहरीका अनुसार, पनौतीबाट बनेपातर्फ आउँदै गरेको ना ४ च ५९४५ नम्बरको गाडीले बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा.प्र ०२–०२३ प ६०२३ नम्वरको स्कुटरलाइ ठक्कर दिँदा स्कुटर चालक गम्भीर घाइृते भएको र उपचारको लागि शिरमेमोरियलमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख रामेश्वर त्वातीले जानकारी दिए ।
ठक्कर दिने गाडी र स्कुटर इलाका प्रहरी कार्यालय बनेपाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । गाडीको चालक धनुषा जिल्ला जनकपुर उपमाहानगरपालिका १३ बस्ने अन्दाजी वर्ष ३५ को अजय यादव फरार भएको र उनको खोजी भइरहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ असार २०८२, १६ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करेन्ट लागेर २४ वर्षीय युवकको मृत्यु
करेन्ट लागेर एक जनाको मृत्यु
क्रेनले फलाम उठाउने क्रममा आफैँलाई लाग्दा अपरेटरको मृत्यु
पोखरीमा डुबेर ७ वर्षीय बालकको मृत्यु
कोशीमा दुई दशकमा हात्तीको आक्रमणबाट ९७ जनाको मृत्यु
बाटोमा चिप्लिएर काभ्रेमा २ जनाको मृत्यु