चितवन । चितवनमा सेन्ट्रल् कलेज कविता कन्सर्ट हुने भएको छ । चितवन र नवलपुरका अनाथ बालबालिकालाई सहयो गर्ने मुख्य उद्देश्यले भोलि (शनिबार) सेन्ट्रल् कलेज कविता कन्सर्ट हुने भएको हो ।
डि टि एम मिडियको आयोजनामा भोलि बि पि कोईराला मेमोरियल क्यान्सर अस्पतालको हलमा हुने कविता कन्सर्टमा नवराज पराजुली र प्रदिप रोदनले कविता बाचन गर्ने कार्यक्रम संयोजक सञ्जय देवकोटाले जानकारी दिएका छन् । कविता कन्सर्ट साँझ ४ बजेबाट सुरु हुने उनको भनाइ छ ।
जस्को लागि प्रवेश शुल्क सर्वसाधरणको लागि ५ सय र विद्यार्थीको लागि २५० तोकिएको छ । कविता कन्सर्टको टिकट चितवनमा हुनेले किलिएर भिजन अप्टिकल हाउस, चितवन केक हाउस, सम्पूर्ण किताब लायन्सचोकबाट र नवलपुर हुनेले डि टि एम मिडिया हाउस कावासोती, मध्यविन्दु क्याम्पस र ह्याप्पी एफएम दलदलेबाट लिन सकिने उनले जानकारी दिए । कार्यक्रमको मुख्य प्रायोजनमा किलिएर भिजन र टाइटल स्पोन्सरमा सेन्ट्रल् कलेज रहेको छ ।
झापाको जलथलस्थित एक किसानको घरमा जन्मिएका नवराज पराजुलीले साहित्यिक यात्रा गजलबाट सुरु गरे । नवराज आफ्ना कविता वाचन शैलीका कारण बढी चिनिन्छन्। उनको प्रकाशित कृति ‘सगरमाथाको गहिराइबाट उनले साहित्यिक विधामा दिइने प्रतिष्ठित पद्मश्री पुरस्कार समेत पाएका छन् । यस्तै गोरखा पालुङटार पाण्डेबेसी जन्मथलो भएका प्रदीप रोदन युवापुस्तामाझ निकै लोकप्रिय छन् । उनले सामाजिक, राजनीतिक विकृतिदेखि प्रेम/विछोडका विषयलाई गजल मार्फत प्रस्तुत गर्छन् । देशविदेशका विभिन्न कार्यक्रम र सामाजिक सञ्जालमा आफ्ना गजल प्रस्तुत गरेका रोदनको पहिलो गजलकृति हो, ‘मफलर’ । उनले ०७३ सालमा ‘लोकप्रिय गजलकार अवार्ड’, ०७५ सालमा ‘उत्कृष्ट युवा प्रतिभा पुरस्कार’ र ०७९ सालमा ‘साताको साहित्य पुरस्कार’ पाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ असार २०८२, १५ : ०६
लेखकबाट थप