अदालत गन्हाइरहेको छ, सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छः सांसद सुनार

सफल खबर संवाददाता

विहीबार, ०५ असार २०८२, १४ : ३१
अदालत गन्हाइरहेको छ, सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छः सांसद सुनार

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य भुवनबहादुर सुनारले उनले देशमा जता हेरे पनि अनियमितता, अपराधीकरण, भ्रष्टाचार, हत्या हिंसा र लुटतन्त्रले मौलाउने अवसर पाइरहेको बताए ।

उनले यसलाई सरकारले नियन्त्रणले गर्नुपर्नेमा सरकार स्वयं नै बिरामी रहेको टिप्पणी गरे। सुनारले सरकार आफ्नै व्यथा हल गर्न नसकेको सरकारले जनताको व्यथा हल गर्न नसक्नु विडम्बना भएको जिकिर गरे ।

उनले अदालत गन्हाइरहेको जनमानसको भनाइ रहेको बताउँदै सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाए । उनले मुलुकमा सुशासन भनिए पनि कुशासन भएको जिकिर गरे । देश अधोगतितिर गइरहेको टिप्पणी गरेका छन् ।

बिहीवार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै उनले समाजमा बढेको अपराधीकरणले देश राम्रो बाटोमा नभएर अधोगतितिर गइरहेको बताएका हुन् । 

प्रतिक्रिया दिनुहोस