मितेरी सहकारी ठगी: कम्बोडियामा पक्राउ परेका भण्डारीलाई नेपाल ल्याइयो

सफल खबर संवाददाता

विहीबार, ०५ असार २०८२, ११ : २३
मितेरी सहकारी ठगी: कम्बोडियामा पक्राउ परेका भण्डारीलाई नेपाल ल्याइयो

काठमाडौँ । ललितपुरको मितेरी सहकारी संस्थाको ठगी प्रकरणमा पक्राउ परेका ज्योतिबहादुर भण्डारीलाई नेपाल ल्याइएको छ ।

कम्बोडियामा पक्राउ परेका उनलाई नेपाल प्रहरीको टोली बुधबार साँझ नेपाल ल्याएको हो । रेड कर्नर नोटिसका आधारमा उनी कम्बोडियामा पक्राउ परेका थिए । मितेरी सहकारी संस्थाको रकम उनले तीन करोड ४४ लाख रकम अपचलन गरेको आरोप छ । उक्त उजुरीमाथि सीआईबीले अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस