कर्णाली विकास बैंक घोटाला प्रकरणमा वित्त प्रमुख सिंह पक्राउ

सफल खबर संवाददाता

बुधबार, ०४ असार २०८२, १२ : ५९
कर्णाली विकास बैंक घोटाला प्रकरणमा वित्त प्रमुख सिंह पक्राउ

काठमाडौँ । कर्णाली विकास बैंक घोटाला प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी रहेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो।

सीआईबीका प्रवक्ता तथा एसपी युवराज खड्काका अनुसार केही दिनअघि मात्रै उनलाई नेपालगन्जबाट पक्राउ गरिएको हो । अहिले बाँके नै राखेर उनीमाथि अनुसन्धान भइरहेको छ । यसअघि यो बैंक घोटाला प्रकरणमा संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका थिए ।

ठकुरीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस