कर्णाली विकास बैंक घोटाला प्रकरणमा थप एक जना पक्राउ

सफल खबर संवाददाता

बुधबार, १८ असार २०८२, १६ : २६
कर्णाली विकास बैंक घोटाला प्रकरणमा थप एक जना पक्राउ

काठमाडौं । कर्णाली विकास बैंक घोटाला प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पशुपति दयाल मिश्र छन् । उनी विसं २०६६ सालदेखि ०७५ सालसम्म ब‌ैंकको अध्यक्ष थिए ।

उनलाई नेपालगञ्जबाट बुधबार पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता तथा एसपी युवराज खड्काले बताए । मधेश आन्दोलनबाट उदाएका नेता मिश्र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनी बाँके क्षेत्र नं. २ बाट उम्मेदवार थिए ।

स्वतन्त्र राजनीतिक समूहका उनी सूर्य चुनाव चिह्नबाट प्रतिस्पर्धा गरे पनि पराजित भए ।

 

प्रतिक्रिया दिनुहोस