काठमाडौं । ‘जारी : सङ अफ च्याब्रुङ’को छायांकन सकिएको छ । पूर्वी नेपालको पाँचथरमा ३६ औं दिनमा छायांकन टुंगिएको हो । यो फिल्म २०८० सालको सुपरहिट फिल्म ‘जारी’को दोस्रो श्रृंखला हो । निर्माताले आगामी दशैंमा प्रदर्शन हुने जनाएका छन् । यद्यपि, यकिन मिति भने अहिलेसम्म उल्लेख छैन ।
छायांकन सकिएसँगै निर्माताले दुईजना शीर्ष कलाकारको लुक्स सार्वजनिक गरेका छन् । दयाहाङ राई र मिरुना मगरको लुक्स देख्न सकिन्छ । मिरुनालाई लिम्बु पहिरन र दयाहाङलाई च्याब्रुङ बजाउँदै गरेको देख्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ असार २०८२, ११ : ५१
लेखकबाट थप