एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानमाथिको आक्रमण ‘इरानको आणविक संवर्द्धन कार्यक्रमको मुटुमा प्रहार’ भएको बताएका छन्।
उनका अनुसार इजरायलले इरानको तेहरानबाट करिब २२५ किलोमिटर दक्षिणमा रहेको नतान्ज सहरस्थित प्रमुख युरेनियम संवर्द्धन केन्द्रमा आक्रमण गरेको हो। नेतन्याहुले भने, ‘इजरायलले इरानी बममा काम गरिरहेका वैज्ञानिकहरूलाई पनि लक्षित गर्यो।’
नेतन्याहुले ‘अप्रेसन राइजिङ लायन’ नाम दिइएको कारबाहीको घोषणा गर्दै भने, ‘केही समयअघि इजरायलले इरानी खतरा हटाउनका लागि लक्षित सैनिक अपरेसन सुरु गरेको छ। यो अपरेसन तबसम्म चल्नेछ, जबसम्म खतरा हट्दैन।"
उनका अनुसार हालैका महिनाहरूमा इरानले ‘कहिल्यै नचालेका कदमहरू’ चालेको छ, जसले समृद्ध युरेनियमलाई हतियारमा परिणत गर्न सक्ने खतरा देखिएको
‘यदि यो रोकिएन भने, इरानले एक वर्षभित्र, वा त्यसभन्दा पनि छोटो समयमै आणविक हतियार बनाउन सक्छ। यो इजरायलको अस्तित्वका लागि प्रत्यक्ष र तत्कालको खतरा हो,’ नेतन्याहुले चेतावनी दिए।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ३० जेठ २०८२, ०८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गाजा युद्ध रोक्न नेतन्याहुले राखे यस्तो शर्त
गाजामा लडाइँ पुनः सुरु गर्न ‘कुनै पनि क्षण’ तयार छौँ : नेतन्याहु
इजरायल–हमास युद्ध छेडिएयता पहिलो पटक गाजा पुगे नेतन्याहु