काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मुस्ताङ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रको अवलोकन गरेका छन् ।अवलोकनका क्रममा अध्यक्ष प्रचण्डले केन्द्रमा भइरहेका बागवानीसम्बन्धी गतिविधिहरु, फलफूल तथा तरकारी उत्पादन र अनुसन्धान सम्बन्धी कार्यहरूबारे जानकारी लिएका थिए ।
उनले जलवायु अनुकूल खेती प्रणाली तथा प्रविधिको प्रयोगमार्फत स्थानीय उत्पादन वृद्धि गर्न केन्द्रको भूमिका उल्लेखनीय रहेको बताए । अवलोकनका क्रममा स्थानीय महिला उद्यमीहरूसँग अन्तरक्रिया गरे र ग्रामीण स्तरमा महिलाहरूको सक्रियता र आत्मनिर्भरता अभिवृद्धिमा यस्तो उद्योगले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । यस्ता उत्पादनमूलक क्रियाकलापले स्थानीय रोजगारी सिर्जना गर्नुका साथै कृषि उत्पादनको व्यावसायिकिकरणमा टेवा पुर्याउने उल्लेख गरे ।
अध्यक्ष प्रचण्डले हिमाली जिल्लाहरूको कृषि सम्भावनालाई उपयोग गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा यस्ता संस्थाहरूको सशक्त योगदान आवश्यक रहेको उल्लेख गरे । साथै, उनले आगामी दिनमा सरकारी तर्फबाट प्राविधिक सहयोग तथा आवश्यक पूर्वाधार विकासमा साथ दिने प्रतिबद्धता पनि व्यक्त गरे । शीतोष्ण बागवानी विकास केन्द्रले उच्च हिमाली भेगका लागि उपयुक्त बागवानी प्रविधिहरू विकास गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ जेठ २०८२, १५ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म प्रधानमन्त्री बन्ने विषयमा केन्द्रित छैन : प्रचण्ड
रुकुम पूर्वलाई समाजवादी अभ्यासको आधार बनाउँछु: प्रचण्ड
राणाकालदेखि जेनजी आन्दोलनसम्मका सहिदलाई प्रचण्डको श्रद्धाञ्जली, भने– सपना अधुरै छ
प्रचण्डलाई विप्लवको जवाफ–चुनावी सहकार्य गर्न तयार नहुने पार्टी एकताको चर्चा गर्ने ?
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह
हरिबोलसहित नेतृत्वको तत्काल आकस्मिक बैठक बोलाउन प्रचण्डसँग माग