काठमाडौँ । डलर साट्ने बहानामा कागजको बिट्टा नोट देखाएर ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
काठमाडौँ उपत्यकाको गोकर्णेश्वर, जोरपाटी लगायतका क्षेत्रहरूमा नक्कली डलर देखाई सर्वसाधारणलाई झुक्याएको अभियोगमा धनबहादुर तामाङ पक्राउ परेका हुन्। उनी सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका स्थायी निवासी हुन् र हाल काठमाडौँको जोरपाटीमा बसोबास गर्दै आएका छन्।
२८ वर्षीय तामाङलाई काठमाडौँ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बुढानीलकण्ठ, कपन क्षेत्रबाट पक्राउ गरेको हो। उनलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौँ पठाइएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ जेठ २०८२, ११ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनमा कारागारबाट भागेर प्रहरीको हतियार लुट्ने पक्राउ
लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ
बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौँबाट चोरीको मोटरसाइकलसहित दुईजना पक्राउ
राष्ट्रपति कार्यालयमा तोडफोड र लुटपाट गर्ने तीन जना पक्राउ
जेनजी आन्दोलनमा प्रहरीको बर्दी लगाउँदै लुटपाट र आगजनी गरेको आरोपमा तीन जना पक्राउ