काठमाडौँ । वैदेशिक रोजगारीको लागि बेलायत पठाइदिन्छु भन्दै ११ करोडभन्दा बढी रकम ठगी गर्ने दुई व्यक्तिलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ। पक्राउ पर्नेमा लक्ष्मण पराजुली (४४ वर्ष) र अरुण राज शर्मा (४७ वर्ष) रहेका छन्।
काठमाडौँको नरेफाँटबाट २५ जेष्ठ २०८२ मा पक्राउ परेका यी दुवै जनालाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
पराजुलीको स्थायी ठेगाना मोरङको रतुवामाई नगरपालिका–१० र हालको बसोबास काठमाडौँ महानगरपालिका–६, सरस्वती नगर रहेको छ। त्यस्तै, शर्माको स्थायी ठेगाना धनुषाको सबेला नगरपालिका–१२ र हालको बसोबास काठमाडौँ महानगरपालिका–३२, नरेफाँट रहेको छ।
प्रहरी अनुसन्धानअनुसार, यी दुई व्यक्तिले ३८ जना पीडितबाट बेलायत पठाइदिने प्रलोभन देखाएर ११ करोड ६ लाख ९७ हजार रुपैयाँ ठगी गरेको खुलेको छ। यो ठगीसम्बन्धी मुद्दामा महेश लिम्बुको जाहेरीका आधारमा वैदेशिक रोजगार विभागले अनुसन्धान अघि बढाएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजी कुमार आचार्यले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २७ जेठ २०८२, १० : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी, दुई जना पक्राउ
रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
युएई र माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
ठगी गरेको आरोपमा २ जना पक्राउ
अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
पोल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ