नेपालमै लिङ्ग परिवर्तन सफल

पत्रपत्रिकाबाट

सोमबार, २६ जेठ २०८२, ०८ : ४३
नेपालमै लिङ्ग परिवर्तन सफल

काठमाडौ । नेपालमा पुरुषबाट महिला बन्न या महिलाबाट पुरुष बन्न सहज छ ? विदेशमा कतिपय ‘सेलिब्रेटी’ ले पनि लिङ्ग परिवर्तन गरी चर्चामा आएका घटना बेलाबखत देखिने गरेका छन् ।

अब नेपालमा पनि पहिलो पटक ट्रान्सजेन्डर (जन्मदा यौनाङ्गका आधारमा इङ्गित गरिएको लिङ्गसँग मेल नखाने लैङ्गिक पहिचान भएका व्यक्ति) को शल्यक्रियामार्फत लिङ्ग परिवर्तन गरेर महिला बनाइएको छ । 

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालले नेपालमै पहिलो पटक ट्रान्सजेन्डर व्यक्तिको लिङ्ग परिवर्तन शल्यक्रिया (सेक्स चेन्ज अपरेसन) गरेको छ ।

अस्पतालका प्लास्टिक सर्जरी विभागका पूर्वविभागीय प्रमुख प्राडा ईश्वर लोहनीले नेपालमा पहिलो पटक सेक्स चेन्ज अपरेसन (मेल टु फिमेल) सम्पन्न गरिएको जानकारी दिए । गोरखापत्रमा खबर छ । 

प्रतिक्रिया दिनुहोस