धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका–१ भुरुवास्थित भित्री सडकखण्डमा अटो दुर्घटनामा परेर १० महिनाका बालकको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सुपप्र ०१–००१ ह ५१४८ नम्बरको ईबी अटोरिक्सा अनियन्त्रित भई दुर्घटना हुँदा सोही ठाउँका भरत साउँदका नाति आयुष साउँदको मृत्यु भएको हो।
दुर्घटनापछि गम्भीर घाइते भएका बालकलाई उपचारका लागि टीकापुर अस्पताल लगिएको थियो। चिकित्सकले साँझ करिब साढे चार बजे उनलाई मृत घोषित गरेका हुन्।
उक्त अटोमा सवार लम्कीचुहा नगरपालिका–१ निवासी ४२ वर्षीय प्रकाश गिरी र १३ वर्षीय टेकराज साउँद घाइते भएका छन्। उनीहरूको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ जेठ २०८२, १२ : ४७
लेखकबाट थप