काठमाडौँ । त्रिभुवन राजपथअन्तर्गत नागढुंगा नौबिसे खण्ड थप ५ दिन बन्द हुने भएको छ । निर्माण कार्य गरिरहेको हुँदा थपा ५ दिन आवश्यक परेकाले जेठ २६ गतेदेखि जेठ ३० गतेसम्म बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बन्द हुने आयोजनाले जनाएको छ ।
नागढुंगा मुग्लिङ सडक योजना पूर्वी खण्डले सूचना जारी गर्दै सो अवधिभर काठमाडौँबाट नौबिसेतर्फ जाने सवारीसाधन नागढुंगा चेकपोष्टमा रोकिने र नौबिसेबाट काठमाडौँतर्फ जाने सवारी खानीखोला बजारमा रोकिने जनाइएको छ । रोकिएका सबै सवारी साधनहरुलाई ३ बजेपछिमात्रै छोडिने जनाएको छ । तर रोकिएको समयमा सवारीसाधन चलाउँदा आफ्नो लेनअनुसाशन पालना गर्न र लामबद्ध भएको अवस्थामा जथाभाबी ओभरटेक नगर्नसमेत अनुरोध गरेको छ ।
यसैगरी दमकल एम्बुलेन्स र सुरक्षा निकायका सवारी साधन निर्बाध रूपमा सञ्चालन हुने जनाएको छ । साथै साना तथा मझौला सवारी साधनको लागि सीता पाइला–रामकोट–धार्के सडक र सामाखुसी–टोखा–छहरे–त्रिशूली (विदुर) –गल्छी सडक प्रयोग गर्न सुझाव दिइएको छ ।
यसअघि जेठ १० गतेदेखि २५ गतेसम्म सो अवधिमा सवारीसाधन रोकेर निर्माण कार्य भइरहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ जेठ २०८२, १२ : २९
लेखकबाट थप