काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले राज्यका नीतिहरूका कारण अनौपचारिक अर्थतन्त्र बलशाली हुँदै गएको बताएका छन् । नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीले आयोजना गरेको बजेट विमर्श कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले अनौपचारिक अर्थतन्त्रका कारण आर्थिक, सामाजिक विकासलाई असन्तुलित बनाइदिएको दाबी गरेका हुन् ।
उनले राज्यकै नीतिहरूमा पनि अनौपचारिक अर्थतन्त्रलाई प्रोत्साहित गर्ने नीति रहँदै आएको र अहिले पनि त्यसमा सुधार हुन नसकेको स्पष्ट पारे । कोभिडपछि नेपालको अर्थ व्यवस्थाको सबैभन्दा ठुलो असर घरजग्गा कारोबार, सहकारी क्षेत्र, लघुवित्त लगायतमा प्रत्यक्ष असर देखिएको बताउँदै घरजग्गा कारोबारमा मन्दी आउँदा विकास निर्माणमा पनि त्यसको प्रत्यक्ष असर परेको दाबी उनले गरे ।
महासचिव पोखरेलले अहिले समाजमा गणतन्त्रभन्दा पञ्चायत नै ठिक भन्दै पूर्वपञ्चहरु र राजावादीहरूले आर्थिक, सामाजिक र विकासमा राजनीतिक दल र तिनका नेतृत्वले प्रभावकारी काम नगरेको भन्दै जनताका बिचमा भ्रमपूर्ण प्रचारहरू गरिरहेको टिप्पणी गरे ।
उनले भने, ‘अहिले एक प्रकारको सामाजिक रूपमा धारणा छ । नेपालका राजनीतिक दलहरू र तीनको नेतृत्व आर्थिक, सामाजिक र विकासका प्रश्नमा चाहिँ प्रभावकारी भएनन् । अझ पूर्वपञ्चहरु र राजावादीहरू त भन्न थालेका छन्, लोकतन्त्रले के दियो ? गणतन्त्रले के दियो ? बरु पञ्चायत नै ठिक थियो भन्ने अर्थमा जनताका बिचमा भ्रमपूर्ण प्रचारहरू गरिरहेको अवस्था छ । पञ्चायत र आजको अवस्थासँग तुलना गर्ने हो भने त मुलुकले उल्लेखनीय प्रगति गरेको छ ।
यसमा प्रश्न नउठ्नुपर्ने जस्तो लाग्छ । पञ्चायतको अन्तिम समयमा नेपालको आर्थिक, सामाजिक सूचकहरू के थिए भन्ने कुरालाई आधार बनाएर विश्लेषण गर्ने हो भने नेपालमा निकै ठुलो परिवर्तन भएको छ । तर विश्व अर्थ व्यवस्थामा भएको परिवर्तनअनुसार नेपालको अर्थतन्त्रको विकास भएको छ कि छैन भन्ने कोणबाट हेर्ने हो भने त्यसअनुसार हुन सकेको छैन । विश्व अर्थव्यवस्था र नेपालको जनताको आवश्यकताको परिप्रेक्ष्यमा हाम्रो अर्थतन्त्रको गति बढाउने कुरा चुनौतीका रूपमा छ ।
उनले भने, ‘हाम्रो राज्यका नीतिहरूका कारणले औपचारिक अर्थतन्त्रभन्दा अनौपचारिक अर्थतन्त्र बलशाली भएर गएको छ । अनौपचारिक अर्थतन्त्रले हाम्रो आर्थिक सामाजिक विकासलाई असन्तुलित बनाइदिएको छ । राज्यकै नीतिहरूमा पनि अनौपचारिक अर्थतन्त्रलाई प्रोत्साहित गर्ने नीतिहरू रहँदै आए । अहिले पनि पूरै सुधार भएको छ भन्ने मलाई लाग्दैन ।
उनले पञ्चायत र आजको अवस्थासँग तुलना गर्ने हो भने मुलुकले उल्लेखनीय प्रगति गरेको र पञ्चायतको अन्तिम समयको आर्थिक, सामाजिक सूचकहरूलाई आधार बनाएर विश्लेषण गर्ने हो भने मुलुकले उल्लेखनीय प्रगति गरेको स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ जेठ २०८२, १३ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संविधानमाथि चुनौती दिन केही शक्ति सक्रिय : महासचिव पोखरेल
प्राविधिक शिक्षाले दक्ष जनशक्ति उत्पादन हुन्छन् : महासचिव पोखरेल
सुशासन कायम गर्न प्रम कार्यालयमा ‘गभर्मेन्ट रिफर्म सेन्टर’ : महासचिव पोखरेल
०८४ मा एमाले बलियो शक्तिका रूपमा स्थापित हुन्छ : महासचिव पोखरेल
मदन भण्डारीको विचारलाई जनजनमा लैजानुपर्छ : महासचिव पोखरेल