काठमाडौं । सप्तरीस्थित सप्तकोसीमा दुई गोताखोर बेपत्ता घटना बुझ्न गृहमन्त्री रमेश लेखक सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोक पुगेका छन् ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोसी नदीमा बिहीबार अपराह्न मनसुनजन्य विपद्को पूर्वतयारी अभ्यास गर्ने क्रममा हरदेव राजवंशी र सुरज साउद बेपत्ता भएका थिए ।
राजवंशी श्रीअन्तु गण ईलाम दरबन्दी भई दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा र साउद १३ नम्वर गण पर्सा दरबन्दी भई छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत थिए । बेपत्ता गोताखोरबारे बुझ्न लेखक शुक्रबार हल्चोक पुगेका हुन् । हल्चोक पुगेर उनले शोकलाई शक्तिमा बदल्दै थप सचेत भएर काम गर्न निर्देशन दिएका छन् ।
‘अभ्यासका क्रममा ज्यान गुमाएका रास्ट्रसेवकको शोकलाई शक्तिमा बदल्दै आगामी दिनमा थप सचेत र सुरक्षा अपनाउन जरुरी रहेको छ’ उनले भने । खतराजन्य उद्दारमा खटिने जनशक्तिको जीवन बिमा बारे मन्त्रालयले थप कार्य गर्ने पनि उनले बताएका छन् । सशस्त्र प्रहरी हेडक्वाटरले घटनाबारे गृहमन्त्री लेखकलाई ब्रिफिङ गरेको छ ।
बेपत्ता मध्ये एक जना गोताखोर राजवंशीको शव तीन किलोमिटर तल भेटिएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए । अर्का एक जना भने अहिलेसम्म बेपत्ता छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ जेठ २०८२, १२ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृहमन्त्री लेखक
नेपाल प्रहरीलाई आगामी वर्ष तलब, पोसाक र रासनमा कमी हुँदैन : गृहमन्त्री लेखक
गैरआवासीय नेपालीको माग सम्बोधन गर्न बेग्लै विधेयक आवश्यक पर्छ : गृहमन्त्री लेखक
इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण गर्ने प्रक्रिया अघि बढाएका छौँ : गृहमन्त्री लेखक
गृहमन्त्री लेखकलाई संसदमा बोल्न दिने माओवादीको संकेत
राजीनामा नदिने गृहमन्त्रीको अडान, संसदमा बोल्न मागे समय