एबीसी ओभरसिजका सञ्चालक शमशेर गहतराजलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

सफल खबर संवाददाता

शुक्रबार, २३ जेठ २०८२, ११ : ३८
एबीसी ओभरसिजका सञ्चालक शमशेर गहतराजलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ । बहुविवाह गरेको आरोपमा पक्राउ परेका एबीसी ओभरसिजका सञ्चालक शमशेर गहतराजलाई ललितपुर जिल्ला अदालतले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

बहुविवाह गरेको आरोपमा गहतराज जेठ २१ मा साँझ पक्राउ परेका थिए । शमशेर गहतराजले भावना गजुरेलसँग बहुविवाह गरेको आरोप छ । आरोपीहरूलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको जिल्ला प्रहरी परिसर ललितपुरका एक जना अधिकृतले  बताए । 

गहतराज विरुद्ध उनकी जेठी पत्नीले जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी थिइन् । उनीहरूविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । शमशेर गहतराजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै शम्भु मार्गमा मेनपावर सञ्चालन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस