राजनीतिक प्रतिवाद र कानुनी लडाइँ लड्छौँ : बेदुराम भुसाल

सफल खबर संवाददाता

विहीबार, २२ जेठ २०८२, १५ : ३८
राजनीतिक प्रतिवाद र कानुनी लडाइँ लड्छौँ : बेदुराम भुसाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता डा. बेदुराम भुसालले अध्यक्ष माधवकुमार नेपालविरुद्ध राजनीतिक प्रतिशोधका आधारमा भ्रष्टाचार मुद्दा दायर भएको बताएका छन् । साथै उनले यसको कानुनी लडाइँ लड्ने पनि उनको भनाइ छ ।

बिहीबार अध्यक्ष नेपालविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता भुसालले यस्तो बताएका हुन् ।‘मुद्दाको सन्दर्भमा दुई वटा पक्ष छ । उहाँप्रति राजनीतिक पूर्वाग्रह साँधिएको छ यसको राजनीतिक रूपले प्रतिवाद गर्छौँ’, भुसालले भने, ‘अर्को कानुनी पक्ष छ । यो पक्षमा कानुनी लडाई लड्छौँ ।

अध्यक्ष नेपालविरुद्ध पतञ्जलि जग्गा खरिद विक्री प्रकरणमा अनियमितता भएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । नेपालविरुद्ध अख्तियारले १८ करोड भन्दा बढी विगो माग दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस