काठमाडौँ । प्रहरी प्रधान कार्यालयले बारास्थित इलाका प्रहरी कार्यालयमा कार्यरत डीएसपी सुभद्रा वाइबालाई फिर्ता बोलाएको छ । वाइबालाई फिर्ता बोलाउने निर्णय भएको प्रहरी प्रवक्ता (एसएसपी) रमेश थापाले बताए ।
सिमरामा डीएसपी वेद जोशीलाई पठाइएको छ । ६ महिनाअघि सिमरा गएकी वाइबाले जितपुर सिमरा उपमहानगरपालिकाका प्रशासकीय अधिकृत (सहसचिव) शान्तिराज प्रसाईंसँग विवाद गरेकी थिइन् । तेलको कुपनको विषयमा उनीहरूको बिचमा विवाद भएको प्रहरी प्रधान कार्यालयका अधिकृतहरू बताउँछन् ।
विवादित छवि भएकी वाइबा यसअघि प्रहरी प्रभाग कोटेश्वरको इन्चार्ज हुँदा पनि अवधै नपुग्दै तानिएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ जेठ २०८२, १२ : ०६
लेखकबाट थप