काठमाडौं । सदनको अवरोध हटाउन सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् ।गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै सदन अवरोध भएपछि सभामुख छलफल थालेका हुन् ।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि गृहमन्त्रीले राजीनामा दिनुपर्ने अडान राखिरहेका छन् । उनीहरूले गृहमन्त्रीको राजीनामा नआएसम्म बैठक चल्न नदिने बताइरहे पनि सभामुखले बजेट ल्याउनुपर्ने बाध्यात्मक परिस्थितिलाई बुझेर अगाडि बढ्न आग्रह गरिरहेका छन् ।
यता सत्तापक्षले भने राजीनामा नदिने गृहमन्त्रीले संसदमा जवाफ दिने बताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ जेठ २०८२, १२ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाको अवरोधबारे पाँच दलसँग छलफलमा सभामुख