नेपाल आइपुगिन् कप्तान एन्जिला

सफल खबर संवाददाता

शनिबार, १० जेठ २०८२, १२ : ३४
नेपाल आइपुगिन् कप्तान एन्जिला

काठमाडौं। नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा राष्ट्रिय टोलीको आगामी खेलको क्लोज क्याम्पमा सहभागी हुन नेपाल आइपुगेकी छन् ।

एन्जिला शनिबार विहान नेपाल आइपुगेकी हुन् । हाल भइरहेको क्लोज क्याम्पमा अब सहभागी हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।नेपाली टोलीले आगामी साता थाइल्याण्डसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ । त्यसको तयारीका लागि एन्जिला टिममा सामेल हुन आइपुगेकी हुन् ।

मैत्रीपूर्ण खेलका लागि एन्जिलाको कप्तानीमा २३ सदस्यीय अन्तिम टोली को घोषणा भएको छ।नेपाल र थाइल्याण्डबीचको पहिलो खेल मे ३० मा क्लोज डोरमा हुनेछ भने जुन २ मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुनेछ ।उज्वेकिस्तानमा हुने एएफसी वुमन्स एसियन कप छनोटको तयारी स्वरुप नेपालले थाइल्याण्डसँग खेल्न लागेको हो ।

छनोटमा नेपाल र उज्वेकिस्तानसँगै श्रीलंका र लाओस समूह एफमा छ ।

प्रतिक्रिया दिनुहोस