भरतपुर । फूलबारी थुथ क्लबले प्रथम फूलबारी राइनो एट ए साइड खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ | उपाधि भिडन्तमा खेलकुद विकास समिति भरतपुर ६ लाई हराउँदै फूलबारी युथ च्याम्पियन बनेको हो । श्रीपुर खेल मैदान भरतपुर १५ मा भएको फाइनलमा फूलबारी ४-१ ले विजयी भयो ।
फूलबारी युथका रोशन क्षेत्री फाइनलको प्लेयर अफ दि म्याच भए । च्याम्पियन बनेको फूलबारीले उपाधिसहित ४० हजार रुपैयाँ प्राप्त गरेको छ । उता उपविजेतामा सीमित भरतपुर ६ ले २० हजार रुपैयाँमा चित्त बुझाएको छ ।
फूलबारीका सुशान्त गुरुङ प्रतियोगिताभरको उत्कृष्ट खेलाडी घोषित भए । यस्तै भरतपुर ६ का मन्नु कुमाल सर्वाधिक गोलकर्ता, भरतपुर ६ कै निशान्त थापा मगर उत्कृष्ट गोलकिपर तथा फूलबारी राइनो युथ एसोसिएसन निलोका कर्मा तामाङ राइजिङ प्लेयर बने । उनीहरुले जनही २५ सय प्राप्त गरे । फूलबारी राइनो युथ एसोसिएसनको आयोजनामा सम्पन्न प्रतियोगितामा १६ टोली सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० जेठ २०८२, ११ : ०६
लेखकबाट थप