ब्रेनडेथ' भएका युवकबाट कलेजो र मिर्गौला प्रत्यारोपण

सफल खबर संवाददाता

आइतबार, ०४ जेठ २०८२, ०७ : ४४
ब्रेनडेथ' भएका युवकबाट कलेजो र मिर्गौला प्रत्यारोपण

काठमाडौ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु (ब्रेनडेथ) भएका व्यक्तिबाट एक व्यक्तिमा एकै पटक मिर्गौला र कलेजो प्रत्यारोपण गरिएको छ । 

मिर्गौला र कलेजो दुवै फेल भएका ५४ वर्षीय पुरुषको एकै पटक कलेजो र मिर्गौला प्रत्यारोपण भएको हो। मिर्गौला र कलेजो दुबै फेल भएका व्यक्तिमा एकै पटक दुई वटै अङ्गको प्रत्यारोपण गरिएको छ ।

सहिद धर्मक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले यसअधि कलेजो प्रत्यारोपण गर्नका लागि भारतबाट विनको सहयोग लिने गरेको भए पनि यस पटक नेपाली चिकित्सकको टोलीले कलेजो र मिर्गौला एकै पटक प्रत्यारोपण गरिएको जानकारी दिए । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस