नेपालका २४ स्थान भासिने खतरामा

पत्रपत्रिकाबाट

आइतबार, ०४ जेठ २०८२, ०७ : ४०
नेपालका २४ स्थान भासिने खतरामा

काठमाडौ । नेपालका २४ स्थान ‘सिङ्कहोल’ निर्माण हुने अर्थात् जमिन भासिने खतरामा छन् । खानी तथा भूगर्भ विभाग र भौगर्भिक अध्येताले २०५५ सालयता गरेको अध्ययन अनुसार तराई, मधेशसहित पहाडी जिल्लामा जमिन भासिने खतरा देखिएको हो । 

कास्कीको पोखरासहित विभिन्न जिल्लामा जमिन भासिएर गम्भीर दुर्घटना पनि भएका छन् । केही जिल्लामा जमिन भासिने खतरालाई दृष्टिगत गरी खानी तथा भूगर्भ विभागले सचेत पनि गराउँदै आएको छ । 

वैशाख १९ गते मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६, गैरीगाउँमा सडकमा गुडिरहेको गाडी जमिन भासिएर हराएको छ । विभागका भूगर्भविद् डा. नारायण अधिकारीका अनुसार ११ मिटरसम्मको खाल्डो बनेपछि जमिन भासिएर फसेको गाडी त्यही दलदलमै छ । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस