अर्थ मन्त्रालयले स्वीकृत ऋण नदिँदा रुकुमका स्थानीय तह अप्ठ्यारोमा परे : सांसद शर्मा

सफल खबर संवाददाता

शुक्रबार, ०२ जेठ २०८२, ११ : ५७
अर्थ मन्त्रालयले स्वीकृत ऋण नदिँदा रुकुमका स्थानीय तह अप्ठ्यारोमा परे : सांसद शर्मा

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले अर्थ मन्त्रालयले स्वीकृत भएको ऋण नदिँदा रुकुमका स्थानीय तहहरू अप्ठ्यारोमा परेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसद शर्माले रुकुमका स्थानीय सरकारहरूको पूर्ण स्वामित्वमा रहेको स्यार्पु हाइड्रोको स्वीकृत भएको ऋण अर्थ मन्त्रालयले नदिँदा उनीहरू समस्यामा परेको बताएका हुन् ।

शर्माले भने- ‘रुकुमका स्थानीय सरकारहरूको पूर्ण स्वामित्व भएको स्यार्पु हाइड्रो कम्पनीका लागि स्वीकृत भएको ऋण अर्थ मन्त्रालयले दिएको छैन । ऋण नपाउँदा स्थानीय सरकार सङ्कटमा परेका छन् । ऋण तुरुन्त फुकुवा गरियोस् ।’

शर्माले मध्य पहाडी लोकमार्गका विभिन्न खण्डा ठुला ठेकेदारहरूका कारण अलपत्र परेको बताए । ‘मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड पूर्वी रुकुम खण्ड, पश्चिम रुकुम खण्ड वर्षौदेखि अलपत्र छ । भेरी पुल अलपत्र छ । लोकमार्ग समयमा निर्माण भएका छैनन्, ठुला ठेकेदारले काम गरिरहेका छन् । यसबारे सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस