काठमाडौं । रास्वपाका सांसद शिशिर खनालले सरकारी अकर्मण्यताका कारणले अन्तर्राष्ट्रिय स्तरमै नेपालको बेइज्जत भएको भएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै जापानको ओसाकामा आयोजना भइरहेको ’ओसाका वर्ल्ड एक्स्पो २०२५’ मा विश्वका १६० भन्दा बढी राष्ट्रहरूले आ–आफ्नो पहिचान, प्रगति र सम्भावनाहरू प्रदर्शन गरिरहेको भए पनि नेपालको भने भुक्तानी विवादको कारणले अन्तर्राष्ट्रिय स्तरमै नेपालको बेइज्जत भएको बताए।
त्यसबारे उनको भनाइ जस्ताको त्यस्तै-“All but one pavilion now open to visitors at Osaka Expo” The Asahi Shimbun नामक जापानी पत्रिका ले लेखेका छ ।जापानको ओसाकामा आयोजना भइरहेको ‘ओसाका वर्ल्ड एक्स्पो २०२५’ मा विश्वका १६० भन्दा बढी राष्ट्रहरूले आ-आफ्नो पहिचान, प्रगति र सम्भावनाहरू प्रदर्शन गरिरहेका छन्।
करिब २ करोड ८० लाखभन्दा बढी व्यक्तिहरूले भ्रमण गर्ने अपेक्षा गरिएको, यो एक्स्पो सन् २०२५ अप्रिल १३ देखि अक्टोबर १३ सम्म चल्नेछ। यस्तो महत्त्वपूर्ण अन्तर्राष्ट्रिय मञ्चमा नेपालले आफ्नो कला, संस्कृति, पर्यटन र लगानीका अवसरहरू प्रस्तुत गरेर विश्वको ध्यान आकर्षित गर्ने सुनौलो अवसर थियो।
तर, विडम्बना ! समाचारहरूका अनुसार, नेपालले बनाउनु पर्ने Pavilion निर्माण कार्य समयमा सम्पन्न हुन नसकेर अलपत्र परेको छ। भुक्तानी विवाद र सरकारी अकर्मण्यताका कारण निर्माण रोकिएको खबरले अन्तर्राष्ट्रिय स्तरमै नेपालको बेइज्जत भएको छ। जापानका सञ्चारमाध्यमहरूमा समेत नेपालको यो लाजमर्दो अवस्थाबारे समाचार प्रकाशित भएका छन्, जसले हाम्रो राष्ट्रिय प्रतिष्ठामा गम्भीर आँच पुर्याएको छ।
यस्तो संवेदनशील विषयमा नेपाल सरकारको तुरुन्त ध्यान जाओस्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ जेठ २०८२, ११ : ४९
लेखकबाट थप