मोडल तथा अभिनेत्री कुसुम शर्माले गरिन् इन्गेजमेन्ट

सफल खबर संवाददाता

बुधबार, ३१ बैशाख २०८२, ११ : ३०
मोडल तथा अभिनेत्री कुसुम शर्माले गरिन् इन्गेजमेन्ट

काठमाडौं । मोडल तथा अभिनेत्री कुसुम शर्माले इन्गेजमेन्ट गरेकी छन्। उनले प्रेमी विश्व अधिकारीसँग मंगलबार इन्गेजमेन्ट गरेकी हुन्। उनले सामाजिक सञ्जालमा भिडिओ सेयर गर्दै यसबारे जानकारी दिएकी छन्। 

प्रकाश सपुतको गीत 'सकम्बरी' बाट मोडलिङमा पाइला चालेकी कुसुम पहिलो म्युजिक भिडिओबाटै चर्चामा आएकी थिइन्। त्यसयता उनले थुप्रै म्युजिक भिडिओमा अभिनय गरेकी छन्। उनी अभिनीत फिल्म 'वर एण्ड बधु' समेत प्रदर्शनमा आइसकेको छ। उनले अन्य फिल्ममा समेत काम गरिरहेकी छन्।

प्रतिक्रिया दिनुहोस