काठमाडौं । अविरल वर्षाका कारण हिजो (सोमबार) रातिदेखि अवरुद्ध भएको बीपी राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएको छ । केहीबेर अघिबाट राजमार्ग दुईतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।
बीपी राजमार्गको माम्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाएको थियो । बगाएको डाइभर्सन पुरिएको र खोला डाइभर्ट गरिएको उनले बताए ।
‘बिहानै ८ बजेदेखि सडक विभागको ४ वटा जेसीबी, ५ वटा टिपर लगेर कल्भर्टहरू बगाएको ठाउँमा फिलिङ गरिएको छ,’ गिरीले भने, ‘अहिले सडक पूर्ण रुपमा सञ्चालमा आएको छ ।’पूर्वबाट आइरहेको सवारीलाई खुर्कोट र नेपालथोकमा तथा काठमाडौंबाट पूर्व गइरहेका गाडीलाई भकुण्डेबेसीमा रोकिएको थियो ।
अहिले रोकिएका सवारीहरू विस्तारै सञ्चालनमा ल्याइएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० बैशाख २०८२, १३ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बीपी राजमार्ग : थप १५ दिन राति सवारी सञ्चालनमा रोक
आठ घण्टादेखि बीपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै
क्षतिग्रस्त बीपी राजमार्गको मर्मत शुरू
बीपी राजमार्गको क्षतिग्रस्त खण्डको मर्मत सुरु
बीपी राजमार्ग एकतर्फी सञ्चालनमा