५२ संवैधानिक नियुक्ति : आज नवौँ दिनको सुनुवाइ

सफल खबर संवाददाता

आइतबार, २८ बैशाख २०८२, ११ : ०६
५२ संवैधानिक नियुक्ति : आज नवौँ दिनको सुनुवाइ

काठमाडौँ । गएको माघदेखि सुनुवाइ सुरु भइ वैशाख ७ देखि १० गतेसम्म नियमित सुनुवाइ भएको ५२ संवैधानिक नियुक्ति विरुद्धको रिटमाथि आजदेखि पुनः सुनुवाइ सुरु हुँदैछ ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नेतृत्वको भ्रमण दल टर्की भ्रमणमा जाने भएपछि वैशाख २८ गतेको पेसी तोकी वैशाख १० गतेदेखि उक्त सुनुवाइ रोकिएको थियो । यद्यपि प्रधानन्यायाधीश राउतको टर्की भ्रमण भने स्थगित भएको थियो । वैशाख १४ गते १० दिने भ्रमणमा गइ उक्त टोली वैशाख २३ गते स्वदेश फिर्ता भएको थियो ।

प्रधानन्यायाधीश राउतसहित न्यायाधीशहरु सपना प्रधानमल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको संवैधानिक इजलासमा आज उक्त रिटमाथि नवौँ दिनको सुनुवाइ हुँदैछ । संवैधानिक रिटमाथिका मुद्दा किनारा लगाउन प्रधानन्यायाधीश राउतको सक्रियतामा हरेक दिन संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको थियो ।

संवैधानिक नियुक्ति विवादमा हालसम्म निवेदक र सरकारी वकिलको तर्फबाट बहस सकिएको छ । ५२ संवैधानिक पदाधिकारीहरूका तर्फबाट कानुन व्यवसायीहरूले बहस जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस