काठमाडौ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम भएको छ।
शुक्रबार यसको भाउ एकको खरिदर १३६ रूपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रूपैयाँ ४४ पैसा तोकिएको थियो।
युरोको भाउ शनिबार सामान्य बढेको छ। शुक्रबार एकको खरिदर १५४ रूपैयाँ ४९ पैसा र बिक्रीदर १५५ रूपैयाँ १७ पैसामा कारोबार भएको युरो भाउ शनिबार एकको खरिददर १५३ रूपैयाँ ३९ पैसा र बिक्रीदर १५४ रूपैयाँ ०७ पैसा तोकिएको छ।
अस्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ २७ पैसा र बिक्रीदर ८७ रूपैयाँ ६६ पैसा तोकिएको छ। शुक्रबार यसको भाउ एकको खरिददर ८७ रूपैयाँ ७८ पैसा र बिक्रीदर ८८ रूपैयाँ १७ पैसा थियो।
युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८० रूपैयाँ ९७ पैसा र बिक्रीदर १८१ रूपैयाँ ७७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६४ रूपैयाँ ०९ पैसा र बिक्रीदर १६४ रूपैयाँ ८१ पैसा कायम गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ बैशाख २०८२, ०९ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर