सिरहा । विद्यार्थीलाई कुटपिट गरेको आरोपमा सिराहा प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ।
गोलबजार नगरपालिका- ७ चोहर्वास्थित एपेक्स विद्या मन्दिरका शिक्षक सन्तोष गुप्तालाई प्रहरीले पक्राउ गरेको हो।
कक्षा ८ मा अध्यनरत सिराहाकै नरहा गाउँपलिका ३ खोरीयाका सुरेश यादवका छोरा १३ वर्षीय अभिनाशलाई मरनासन्न हुनेगरी कुटपिट गरेको आरोपमा प्रहरीले गुप्तालाई पक्राउ गरेको हो। गुप्ताको कुटपिटबाट बालकको शरीरभरी निलडाम छ।
उनले बालकलाई कक्षा कोठाबाट बाहिर निकाली अर्को कोठामा थुनेर बाँसको लाठीले निर्घात कुटपिट गरेका अभिभावकले बताएका छन्।
कुटपिटबाट शरीरभरी चोट लागेका बालकको अहिले गोलबजारस्थित बर्धमान अस्पतालमा उपचार भइरहेको छ।
अभिभावकको उजुरीपछि इलाका प्रहरी कार्यालय गोलबजारले गुप्तालाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ बैशाख २०८२, ०७ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षक महासङ्घले आज ५ पार्टी कार्यालयमा धर्ना दिने
शिक्षक कर्मचारीहरुको पेशागत सुरक्षाको माग गर्दै हिस्टुन आन्दोलनमा जाने
माविमा एकै शिक्षकले दुई विषय पढाउनुपर्ने व्यवस्था गरिँदै
सरकार इमानदार देखिएन, आन्दोलनलाई निम्ता दिन खोजियो : शिक्षक महासङ्घ
राहत शिक्षकहरूले बनाए समानान्तर समिति, माग पूरा नभए असार १५ पछि आन्दोलन
नेपाल शिक्षक महासंघका अध्यक्ष सुवेदीले सरकारसँग ९ बुँदे सहमतिपछि के भने ?