काठमाडौं । राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु धर्मका लागि भन्दै जनआन्दोलन घोषणा भएको छ । राजसंस्था पुनर्स्थापनका लागि गठित समितिका संयोजक नवराज सुवेदीले बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलन गर्दै जनआन्दोलन घोषणा गरेका हुन् ।
‘जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने हामी घोषणा गर्दछौं,’ सुवेदीले पत्रकार सम्मेलनमार्फत भनेका छन्, ‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ । भद्र अवज्ञा र सत्याग्रह हाम्रो आन्दोलनको स्वरुप हुनेछ ।
आफूहरूको आन्दोलन व्यवस्था परिवर्तनका लागि भएको भन्दै कुनै पनि सरकार वा सत्तामा रहेका दलहरूको विरोध नगर्ने उनले घोषणा गरे । घोषणासभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, पञ्चायतकालीन नेता केशरबहादुर विष्ट लगायत उपस्थित छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ बैशाख २०८२, १४ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजावादी आन्दोलनमा पुनः फाटो : नेतृत्व र रणनीतिमा गहिरिँदो मतभेद
राजावादीको चर्तरब्युह नारायण मन्दिरमा दिप प्रज्वलन योजना असफल : 'दिप प्रज्वलनको बहानामा निषेधित क्षेत्र मिच्ने योजना'
राजावादीले सुरु गरे धर्ना
राजावादी समूहले शुक्रबार मातीघरमा प्रदर्शन गर्दै
राजावादीहरुको रणनीति : आन्दोलन एक हप्ता टिकाउने, आधिकारिक सूचनामा मात्रै भर पर्न निर्देशन
राजावादीको आन्दोलनमा झडप