काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले समाजलाई सत्यको मार्गदर्शन गराउने ज्ञानलाई आत्मसात् गर्नुपर्ने बताएका छन् ।नागार्जुन नगरपालिकाको रामकोटमा निर्माणाधीन बद्रीनारायण धाममा आयोजित कार्यक्रममा उनले एउटा कानले सुन्ने र अर्को कानले विर्सने प्रवृत्ति बढेको बताए ।
समाजलाई पवित्र बनाउँदै असत्यको बाटोबाट समाजलाई सत्यको बाटोमा लैजान यस्ता धार्मिक कार्यक्रमले सहयोग पुग्ने उनले विश्वास गरे ।“समाजलाई सत्यको बाटोमा लैजान धार्मिक कार्यक्रममा हुने प्रवचनका कुरालाई आत्मसात गरौँ,” उनले भने,“जसले मेहनत गर्छ । मेहनतको फलको आनन्द प्राप्ति बेग्लै किसिमको हुन्छ ।
समाजलाई सत्य र पवित्रताको बाटोमा अगाडि बढाउन सेवाभावले समर्पित व्यक्तिको समाजले मूल्याङ्कन गर्न सक्नुपर्ने उनले बताए । उनले बद्रीनारायण धामको पूर्वाधार विकासमा सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए ।धाम निर्माण समितिका अध्यक्ष दीनबन्धु पोखरेलले धामलाई धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ बैशाख २०८२, १६ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आयआर्जन अवसरसहितको बस्ती विकास गरौँ: प्रकाशमान सिंह
सरकारमा कांग्रेसका प्रकाशमान सिंह ‘डमी’ नेतृत्व !
नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गर्न जरुरी : उपप्रधानमन्त्री सिंह
सरकारले नेपाललाई प्रगतिको मार्गमा अघि बढाइरहेको छ : उपप्रधानमन्त्री सिंह
बागमती सभ्यतालाई कायम राख्न भइरहेका कामकारबाहीप्रति शहरी विकास मन्त्रीले जनाए असन्तुष्टि
प्रकाशमान सिंह कार्यवाहक प्रधानमन्त्री