काठमाडौँ । नेकपा माओवादी केन्द्रले दोस्रो चरणको मध्यपहाडी मार्ग केन्द्रित अभियान सुदूरपश्चिम प्रदेशको बैतडीस्थित पाटनबाट सुरु गर्ने तयारी गरेको छ ।
वैशाख २१ गते बसेको पदाधिकारी बैठकले जेठ २ गतेबाट मध्यपहाडी मार्ग केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय भएको थियो । बैठकको निर्णय अनुसार अभियान बैतडीबाट सुरु भएर पूर्वको सोलुखुम्बुमा आएर टुंगिने उपमहासचिव गिरिराजमणि पोखरेलले जानकारी दिए ।
अभियानलाई व्यवस्थित र भव्य बनाउन महासचिव देव गुरुङको नेतृत्वमा उपमहासचिवहरू पोखरेल र वर्षमान पुन रहेको तीन सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलले सम्बन्धित प्रदेशको समन्वयमा अभियानका खाकाको तयारी गरिरहेको पोखरेलले जानकारी दिए ।
‘बजेट अधिवेशन भएकाले जेठ १० गतेसम्मको कार्यक्रम अन्तिम चरणमा पुगेको छ । समय तालिका स्थानीय समितिको सिफारिसको आधारमा हुन्छ । संसदबाट बजेट प्रस्तुत भएपछि बाँकी कार्यक्रम तय हुन्छ’, उनले भने ।
पुस २३ गते सम्पन्न माओवादीको केन्द्रीय समिति बैठकले पूर्व–पश्चिमा हुलाकी मार्ग र मध्यपहाडी मार्गमा ‘जनतासँग माओवादी’ जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । केन्द्रीय समितिको निर्णय अनुसार फागुन १२ गतेदेखि नेपालकै होचो स्थान झापाको कचनकवलबाट अभियान सुरु गरी वैशाख १७ गते कञ्चनपुरको महेन्द्रनगर पुगेर सम्पन्न भएको थियो । अभियानलाई सबैभन्दा अग्लो सोलुखुम्बुको सगरमाथा क्षेत्रमा पुगेर टुंग्याउने उपमहासचिव पोखरेलले बताए ।
उनले भर्खर सम्पन्न भएको तराई मधेस जागरण अभियानले माओवादीलाई नयाँ रक्तसञ्चार गरेको दाबी गरेका छन् । समग्रमा अभियानले सफल भएको निष्कर्ष सुनाए ।
'अभियानले जनताका समस्या प्रत्यक्ष रूपमा सतहमा आएको छ । सहिद, बेपत्ता तथा घाइते अपाङ्गता भएका परिवारहरूका समस्या नेतृत्वले थाहा पाएको छ । कतिपय विकासका मुद्दाहरू बजेटमार्फत सम्बोधन हुनुपर्ने देखिन्छ ।
सबै खाले प्रतिगमनको भण्डाफोर गर्न यसले मद्दत गरेको छ’, उनले भने, ‘केन्द्रीय समिति बैठकपछि पार्टी नेतृत्व सिधै तलका कार्यकर्तासँग जोडिएको छ । अभियानले नयाँ रक्तसञ्चार पैदा भएको छ । पार्टी पुनर्गठनमा अभियानले मद्दत गरेको छ ।’
अबको अभियानमा पनि जनसम्पर्क, अन्तक्र्रिया, कोण सभा, विरोध सभा, सहिद तथा बेपत्ता परिवारसँग भेटघाटका कार्यक्रम राखिएको पोखरेलले जानकारी दिए ।
पदाधिकारी बैठकले मुख्यतः जनतासँग माओवादी तराई मधेस जागरण अभियानमा करिब एक करोड जनतासँगको भेटघाट, अन्तर्क्रिया र छलफल जस्ता कार्यक्रमले आमजनता र पार्टीपतिमा पारेको प्रभावका विषयमा संक्षिप्त समीक्षा गरेको थियो । साथै समग्रमा अभियान सफल भएको निम्न निष्कर्ष निकालेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ बैशाख २०८२, १३ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेश सरकारबाट बाहिरिने तयारीमा एमाले र माओवादी केन्द्र