काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले प्रतिनिधिसभाको शून्य समय शून्यमा उडाउनका लागि भएको भए बन्द गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा धारणा राख्दै शून्य समयमा राखिएका प्रश्न शून्यमा उडाउनका लागि नभएमा सरकारलाई गम्भीर भएर जवाफ दिन निर्देशन दिन सभामुखलाई आग्रह गरे ।
उनले भने, ‘सरकार जनताका प्रश्न, जनप्रतिनिधिका प्रश्नको जवाफ दिनसमेत तयार छैन । सरकारको यस्तो गैह्रजिम्मेवारी किन शून्य समय शून्यमा उडाउनका लागि हो भने बन्द गरौँ । होइन भने सरकारलाई गम्भीर भएर जवाफ दिन सभामुखमार्फत निर्देशन दिन माग गर्दछु ।’
उनले सरकारलाई ५ प्रश्न पनि सोधे । उनका प्रश्न यस्ता छन् ।
१, नेता रेशम चौधरीलाई नक्कली पत्र बनाएर किन जेल राखियो ?
२, गभर्नर नियुक्ति गर्न नसक्ने अवस्था किन आयो ?
३, विश्वविद्यालयमा उपकुलपति किन खाली भइरहेका छन् ?
४, स्वास्थ्य बिमा किन भुक्तानी गरिँदैन ?
५, मध्य पहाडी कोरिडोर, भेरी नदी पुल, बरेला पुल, जलिदार पुल, तमोर कोरिडोर र हुलाकी मार्गका अलपत्र पुल निर्माण कहिले हुन्छन् ?
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ बैशाख २०८२, १२ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मूल्य वृद्धिको समस्या उद्योग मन्त्रीले समाधान गर्ने हो : जनार्दन शर्मा