प्रकाश आचार्य
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनबाट गैंडाकोटका गैरेद्वय सचिव पदमा निर्विरोध निर्वाचित भएका छन् । गैंडाकोट-६ घर भएका तिलकप्रसाद गैरे र टंकप्रसाद गैरे एकता महाधिवेशनबाट सचिव पदमा निर्विरोध निर्वाचित भएका हुन् ।
गैंडाकोट घर भई हाल पोर्चुगलमा बस्दै आएका तिलक गैरे यसअघि एनआरएनए पोर्चुगलको अध्यक्ष, एनआरएनए सहकोषाध्यक्ष हुँदै सचिव पदमा समेत निर्विरोध निर्वाचित भएका थिए । गैंडाकोट खेलकुद विकास समितिका सचिवसमेत रहेका गैरेले थुप्रै सामाजिक कार्यमा समेत उल्लेख्य कार्य गर्दै आएका छन् ।
त्यसैगरी गैंडाकोट घर भई हाल जापानमा बस्ने टंकप्रसाद गैरे एनआरएनएको सचिव पदमा निर्विरोध निर्वाचित भएका छन् । उनि यसअघि एनआरएनए जापानको उपाध्यक्ष र सचिव समेत भइसकेका हुन ।
शेष घले नेतृत्वको उच्चस्तरीय समितिले गरेको गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनबाट महेशकुमार श्रेष्ठको नेतृत्वमा सर्वसम्मत रूपमा कार्यसमिति चयन गर्दै अधिवेशन सम्पन्न भएको हो । काठमाडौंमा आइतबार सम्पन्न महाधिवेशनले उपाध्यक्षमा सुनिल कुमार शाह, बुद्धि सागर सुवेदी, खगेन्द्र न्यौपाने, लोकप्रसाद दाहाल, मनोजकुमार श्रेष्ठ, विश्वास दीप लिम्बु गरी ६ जना चयन भएका छन् ।
प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेका अनुसार महिला उपाध्यक्ष जुनु गुरुङ र महासचिव बाबुराम (बीआर) लामा, सचिव चिन्तामणि सापकोटा, टंकप्रसाद गैरे र तिलकप्रसाद गैरे, कोषाध्यक्ष ठाकुरप्रसाद ढुंगाना, सहकोषाध्यक्ष कृष्णप्रसाद पोखरेल, महिला सचिवमा देवकी खत्री गुरुङ चयन भएका छन । त्यसैगरी महिला संयोजक रश्मि थापा, युवा संयोजक भीमसेन थापा, एसिया प्रशान्त क्षेत्रीय संयोजक डा. बलराम श्रेष्ठ, युरोप क्षेत्रीय संयोजक प्रेमबहादुर गुरुङ, मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठ, उत्तर दक्षिण अमेरिका क्षेत्रीय संयोजक डिलुराम पराजुली छन् ।
त्यस्तै, ओसेनिया क्षेत्रीय संयोजक इर्सद अहमद, क्षेत्रीय उपसंयोजकहरूमा एसिया प्रशान्त क्षेत्रीय उपसंयोजकमा माधव पोखरेल र मीमबहादुर पुर्जा मध्यपूर्व क्षेत्रीय उपसंयोजकमा सुनिलकुमार घिमिरे र श्रीकृष्ण भट्टराई, उत्तर दक्षिण अमेरिका क्षेत्रीय उपसंयोजकमा विश्वराज बास्तोला र नरबहादुर टण्डन क्षेत्री, ओसियाना क्षेत्रीय उपसंयोजकमा रामप्रसाद कँडेल र प्रताप राना चयन भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ बैशाख २०८२, ०८ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संकटको सारथि बन्दै श्रेष्ठ नेतृत्वको एनआरएनए
सर्वोच्चमा आज एनआरएनएको मुद्दामा सुनुवाइ, के आउला फैसला ?
एनआरएनए निर्वाचनः ५६ देशबाट ४ हजार ६५९ प्रतिनिधिको नाम दर्ता
युवा संघको कब्जामा एनआरएनएको फेसबुक पेज
एनआरएनए सचिवालय तत्काल नयाँ कार्यसमितिलाई हस्तान्तरण गर्न आइसीसीले दियो निर्देशन
एनआरएनए विभाजित गर्न प्रधानमन्त्री र परराष्ट्रमन्त्री आफैं सक्रिय