काठमाडौँ। १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनलाई भड्काएको आरोपमा पक्राउ परेका राप्रपा नेता रवीन्द्र मिश्र र ‘जनकमाण्डर’ तोकिएका दुर्गा प्रसाईँविरुद्ध अनुसन्धान नसकिएको भन्दै प्रहरीले थप समय हिरासतमा राख्न अनुमति माग्ने तयारी गरेको छ ।
१४ वैशाखमा ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न भन्दै दिएको म्याद सकिएपछि फेरि अनुमति माग्ने तयारी गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ । तीनकुनेको राजावादी प्रदर्शनका जनकमाण्डर भनिएका प्रसाईँविरुद्ध कर्तव्य ज्यानसहित ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव, संगठित अपराध र राजद्रोहको समेत मुद्दा लगाइएको छ ।
मिश्रलाई भने राजद्रोह र संगठित अपराधको मुद्दा चलाइएको छ । मिश्र १५ चैतमै पक्राउ परेका थिए भने प्रसाईँलाई प्रहरीले भारतबाट पक्राउ गरेर ल्याएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ बैशाख २०८२, १३ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शेखर कोइरालालाई रवीन्द्र मिश्रको पत्र -यस्तो पाराले राजनेता भइन्छ ?
निर्वाचन अगाडि नै रवीन्द्र मिश्रको भविष्यमा कालो बादल
पर्सा–३ बाट रवीन्द्र मिश्र प्रत्यक्षतर्फ पहिलो नम्बरमा सिफारिस
फेरि 'प्रचण्डपथ'मै पार्टी खोल्ने बुद्धि कसैलाई नआओस् : रवीन्द्र मिश्र
रवीन्द्र मिश्रलाई भेट्न घरमै पुगे लिङदेन
रवीन्द्र मिश्र धरौटीमा रिहा